अमरत्व

 बुद्ध नबन्ने रहर अस्वाभाविक हुदैन,

यदि क्रुद्ध बनिनरहने प्रतिबद्धता भए ।

निर्वाण र अमरत्वको आवश्यकता पर्दैन,

यदि आफू सँगै अरूलाई सफल बनाउँदै गए । 

हो हामीलाई थाहा छ कि

झारिनु र झर्नुमा निकै फरक छ, 

तारिनु र तर्नुमा नि उस्तै भिन्नता ।

गराइनु र गर्नु पक्कै फरक हुन, 

मारिनु र मर्नु घाम र जुन ।

तर हामी मरौं वा मारिऔ 

अरूले सम्झिरहने भए अर्थप्रद नै हुन ।

Post a Comment (0)
Previous Post Next Post