सुरक्षित वैदेशिक रोजगारीका लागि हाम्रो खबरदारी

 वैदेशिक रोजगारीसँग जोडिएका कैयन समस्याहरूमध्ये सबैभन्दा जटिल समस्या हो "ठगी" । वैदेशिक रोजगारीका क्रममा जति लागत तिर्नुपर्ने हो सो भन्दा बढी तिर्नुपर्ने बाध्यता पनि ठगी नै हो, पैसा र पासपोर्ट लिएर विदेश नपठाउनु, विदेश पुगेकाहरूले पनि भनेको काम दाम नपाउनु, भनेको कम्पनि नहुनु अनि कहिलेकाँही त देश नै फरक हुनु पनि ठगी हुन । यसरी हेर्ने हो भने वैदेशिक रोजगारीका लागि अधिकतम नेपालीहरू रोजाइमा परेका खाडी तथा मलेसियाका देशहरूमा जान खोज्ने वा पुगेकामध्ये ९७ प्रतिशतभन्दा बढी कुनै न कुनै ठगीमा परेकै छन । ठगीमा परेका मध्ये करीब ७० प्रतिशत लामो समयसम्म खुल्नै चाहदैनन । खुलेकाहरू पनि सकभर कानुनी प्रक्रियामा जान चाहदैनन । कानुनी प्रक्रियामा गएकाहरूको पनि न्युन संख्याको मात्र समाधान भएको जस्तो देखिन्छ ।

अर्को बिडम्बना के छ भने सम्वन्धित व्यक्तिको नाममा पक्राउ पुर्जी जारी हुन्छ तर वैदेशिक रोजगारी सम्वन्धि ठगीका मुद्दाहरूमा सम्वन्धित व्यक्तिको खोजी नै भएजस्तो देखिदैन । यो प्रवृत्तिलाई कसरी परिवर्तन गर्न सकिएला आउनुहोस हजारौं पिडितहरूले आवाज उठाऔं । यो हामी सबैको साझा समस्या हो । कहिलेसम्म सुतेर बस्ने हो, आवाज बुलन्द पारौं, खबरदारी गरौं, न्याय प्राप्तिमा धेरै समय लाग्नु पनि अर्को एउटा समस्याको जड हो ।
विभिन्न माध्यमबाट यहाँ संग्रहित तस्विरहरूले यस्तै विभिन्न प्रक्रियाबारे जानकारी दिन्छन । नियम, कानुन भएर मात्र नपुग्दो रहेछ त्यसको प्रभावकारी कार्यान्वयनको लागि हामी लाग्नै पर्ने रहेछ । आउनुहोस जानकारी अधिकतम लिऔं र सो को प्रभावकारी कार्यान्वयनको लागि खवरदारी गरौं ।
अनि अन्त्यमा अर्को कुरा निःशुल्क पाइने सामाग्रीलाई पैसा तिर्दै हुनुहुन्छ भने जसरी तरकारी किन्दा, कपडा किन्दा कुइएको छ कि फाटेको छ कि भनेर ओल्टाइ पल्टाइ हेर्नुहुन्छ त्यसरी नै राम्रोसँग हेर्नुहोस बुझ्नुहोस अनि मात्र प्रक्रिया गर्नुहुन अनुरोध गर्दछौं ।
धेरै तस्विरहरू यो तलको लिंकबाट प्राप्त गर्न सकिनेछः

हाम्रा केहि समस्या भए यहाँबाट अनलाइन उजुरी नि गर्न सकिन्छः


















Post a Comment (0)
Previous Post Next Post