कृषिको कुरा गर्नुपर्दा मुख्य २ वटा समस्या छनः पहिलो प्रणालीको अनि दोस्रो जनशक्तिको । कृषि पेशा अत्यन्त संवेदनशील हुन्छ । यो पेशालाई संवेदनशील भएर हेर्ने संवेदनशील व्यक्तिको अभावमा जर्जर बनेको अवस्था छ । प्रणालीका यति धेरै दोष छन कि भन्नेले पनि निरन्तर भनिरहनुपर्छ अनि सुन्ने पनि निकै धैर्यवान हुनुपर्ने अवस्था छ । कृषि पेशामा कृषकले खरिद गर्ने हरेको वस्तुको मुल्य अत्यन्त महङ्गो छ भने कृषकले उत्पादन गरेको वस्तुको मुल्य सम्झँदा कहिलेकाही कृषि पेशा शुरू गरेर एउटा अपराध गरिएछ नै अब अर्को अपराधको आवश्यकता खट्किएको हो कि भन्ने गरीको आक्रोस पैदा हुन्छ । बिउँको यति मलको यति, यो बेला फलेको फसलको यति समस्या कहाँ छ, जटिलता केमा छ ? गर्नु हो भने कहिं छैन समस्या छ त जिम्मेवारीपनमा, सोचमा, प्रवृत्तिमा अनि प्रणालीमा छ । अर्को समस्या नेपालबाट लाखौं लगानी गरेर मासिक २०/२२ हजार बचाउन घर परिवार छोडेर दैनिक हजारौं विदेशिइरहेको अवस्था छ । तर यतै काम गर्ने गरी हामीलाई लाज हुन्छ, हामीलाई अफ्ठ्यारो लाग्छ । यो थोरै समय हामीले हाम्रो भाव यसो पस्किएका हौं । यो पस्किदैं गर्दा पनि किसानले आफूले उत्पादन गरेको वस्तु आफैं कसरी उपभोक्तासम्म पुर्याउन सक्छ भन्ने पनि योजना बनाइरहेका छौं ।
जय कृषि जय किसान, जति जति असहजता आउँदै जान्छ, त्यति त्यति सहजको आवश्यकता महशुस हुँदै जान्छ ।।।।
originally posted on: हाम्रो रहर – Sahaj Agriculture Multipurpose Pvt. Ltd. (sahajagro.com.np)
.jpg)