अनुरोध

 


फगत कल्पना हैन यो

अठोट हो सपना सार्थकताको

लालसा मात्र हैन सफलताको 

साहस हो सामना गर्ने असफलताको

कैयौं मर्दैछन यहाँ, कारण थाहै छैन

मरूँला मै पनि, खोजि हो वास्तविकताको

कहाँ पुग्छौं र यात्री एक्लै यात्रा गर्दै गर्दा

अब त आवश्यकता बोध गर्ने हो कि सामुहिकताको

 

 


Post a Comment (0)
Previous Post Next Post