आशाको किरण, निराशाको धर्सा ।
असारमा धुलो, असोजमा वर्षा ।।
देश बन्ला सायद, यस्तै छ हल्ला ।
सोचेकै पुगोस, नभैदियोस बदला ।।
प्रविधिको युग, युवाको गति ।
नेतृत्व विहिन, धनजनतको क्षति ।।
रगतको खोला, आँशुको भेल ।
बन्नु छ देश, हैन यो खेल ।।
आँखाको ज्योति, नेतृत्वको दृष्टि ।
रोकियोस घृणा, अनुपम होस सृष्टि ।।
इमान, जमान, चर्चाको कुरा ।
फेरियोस सबै, होस सोचेको पुरा ।।
