म महामानव

अन्तिम निर्णय मेरो,

अन्तिम सत्य म,
मलाई प्रश्न किन ?
स्वयं म उत्तर ।
किनकि म महामानव ।।

खोज अनगिन्ती गरेको छु,
अनेकन सिद्धान्त स्थापित  गरेको छु,
म त केवल तथ्य बोल्छु,
जुन आफैले सिर्जना गरेको छु ।
किनकि म महामानव ।।

कुनै नसोचिएको विषय छ ?
मैले सोचिसकेको छु । 
कुनै नमिलेको समीकरण छ ?
मैले हल गरिसकेको छु ।
किनकि म महामानव ।।

असमझदारी, अराजकता अनि अन्यौलता

म आफै ति सबैको औषधि,

सकरात्मक सोचको प्रतिक म,

म खानी प्रेरणाको ।

किनकि म महामानव ।।

ऐनालाई रूप चिन्न सिकाउने म,

म सत्मार्गमा हिन्न सिकाउने,

शान्ति र स्थिरताको प्रतिक म,
म विकास र सभ्यताको आधार ।

किनकि म महामानव ।।


Post a Comment (0)
Previous Post Next Post