रहर

 कल्पना, सिर्जना र भूमिकालाई

ब्लाक कफि सँगै घोलिरहने

ए यहि लोकका अलौकिक कवि

तिम्रा शब्दहरू शब्दगुच्छा हैनन

बरू शब्दहीरा हुन भनि

आधारिकता प्रदान गर्ने

अधिकार त छैन म सँग

तर जब जब तिम्रा कल्पना

सिर्जनामा परिणत हुन्छन नि

खै किन हो किन

भूमिका नबाँधिकन रहनै सक्दिन म

मलाई ज्ञात छ मेरो यो भूमिकाले

न त तिमीलाई पुलकित बनाउँछ

न तिमी गौरवान्वित नै बन्छौं

तैपनि किन हौसिन्छु म

किन तिम्रा कल्पनाका सिमलका भूवालाई

हावा बनि उडाइरहेछु म

आउ बरू यसो गरौं

आकाशमा मडारिएका काला बादलहरूबाट

कालो रङ्ग निकालौं

अनि ब्लाक कफिको रङ्गलाई

अझै गाढा बनाऔं ।।।

 

Post a Comment (0)
Previous Post Next Post