जिन्दगी भोगाइ रहेछ, जिन्दगी खोजाइ रहेछ, जिन्दगी अनिश्चितता रहेछ अनि जिन्दगी परिक्षण रहेछ । यिनै भोगाइ, खोजाइ, अनिश्चितता अनि परिक्षणहरूमा रुमल्लिदै मानिस कल्पनै गर्न नसकिने कहालिलाग्दा तथा आँखाबाट हट्नै नखोज्ने आनन्ददायी घटनाक्रमहृरूलाई पदचापको रुपमा छाड्दै निरन्तर अघि बढिरहदोरहेछ ।
यस्तै एउटा पदचाप जहाँ दु:ख र तनाबका समुन्द्रहरू हुदाहुदै पनि खुशीका छालहरू अनि अानन्दका मोतीहरु समाहित थिए, मेरो मानसपटलबाट लगातार मेरा औंला र ल्यापटपका किबोर्ड हुदै संसार डुल्ने यत्न गरिरहेछ । म डराइरहेछु यो निरन्तर बगिरहेको भोगाइको बाढी अल्छि गर्दै चलाइएका औलाहरूले थेग्न सक्ने हुन या होइनन ।
एकजना मेरा अाफन्तले एकपटक आफू अचानक दादा (सैलुनमा गएर फरक शैलीको कपाल राखेर) भएको कहानि सुनाउदा झै म अचानक फरक दुनियामा प्रबेश गरिसकेको थिएँ साँच्चै अपत्यारिलो ढंगबाट । निरन्तर १३९८ घण्टाको प्रयास असफल बनेपछि म ४८ घण्टापछि त्यहि ७२ देखि ९६ घण्टाको लागि अर्को एउटा फरक अनुभव लिन कहि अन्तै प्रस्थान गर्दै थिएँ । मैले जतिसुकै बयान गरेपनि त्यो सम्पूर्णताको सारै सानो अंश मात्र हुनेछ । तथापी जतिसक्छु त्यति चै अवश्य गर्छु भन्ने लागेर यो असफल प्रयास गरिरहेछु ।

एकजना अपरिचित साथीको ठिकै अनुभव र उहि स्थानका बारेमा लेखिएको २ फरक ब्लगको त्रासदिबाट गुज्रदै मेरो उडान आकासतर्फ उक्लिएको थियो । केहि समय अघि आकाशै छेड्ने उत्कट चाहना सहित उक्लिएको हवाइजहाज पुन: धर्तितर्फ ओरालो नझरुन्जेल सम्मको समय साह्रै छोटो लागेको थियो । हवाइटिकटमा लेखिएको समय धेरैलाई स्थानिय समय अनुसार हुुन्छ भनि जानकारी गराएपनि समय फरकका कारण टिकटमा १ घण्टा देखिएको तर वास्तविकतामा त्यो अाधा घण्टाको मात्र रहेको अाफैलाई जानकारी नहुदाबाट नै मेरो बेवकुफि अाफै महशुश गरिसकेको थिएँ । सामान्य जानकारी राखेर अाएकोले बिमानस्थलमा देखिएका केहि अचम्मलाग्दा घटनाहरू सामान्य नै लागिरहेका थिए । केहि अ्घिसम्म अनेकन साजसज्जामा सजिएका नारीहरू एकाएक काला बुर्कामा ढाकिदै थिए जुन बिमानस्थलमा नै उपलब्ध थियो । सायद स्वागतको सन्देश भन्दा अघि नै प्रदान गरिएको थियो पहिरन सम्बन्धि नियम । प्रबेशाज्ञाको आवश्यकता नरहेकोले फटाफट भइरहेको काममा एकाएक ब्रेक लाग्यो मेरो कारणले । अस्पष्ट अंग्रेजीमा राहदानि नयाँ बनाउनु पर्दैन भन्ने अलि नरमाइलो प्रहारमा मैले ङिच्च नमिलेका दाँत देखाउन शिवाय केहि गर्न सकिन । राहदानीका मेरा व्यक्तिगत विवरणहरू उसले विधुतिय बनाउन लागेको अलि बढि समयमा बल्ल बल्ल फेला पारेको छिमेकि देशको एउटा मित्र पनि गुम्ने हो कि भन्ने आशंका मडारिरहेको थियो । अाफ्नै देशका मित्रहरू फेलापार्ने मेरा सपना केहि घण्टा अघि नै असहाय बनिसकेका थिए । उसले ढिलाइ गरेको समयको क्षतिपुर्ती म मेरा अाँखालाई आवश्यकता भन्दा बढी नै सक्रिय गराएर लिन खोज्दै थिएँ । म आफैले लिएको पूर्व जानकारी अनुसार नै बिमानस्थलको अागमन बाहिर २ बस प्रतिक्षारत थिए । मेरो छिमेकी देशको मित्र कतै बिलिन भइसकेको थियो अनि पुन मनमा जो सँग सकेसम्म नबस्नु भनेको हो तिनीहरू सँग नै बस्नुपर्ने भयो भन्ने भयको कालो बादल मडारिरहेको थियो तथापि त्यो कालो बादल मलाई निथ्रुक्क भिजाउन सफल हुन्छ या हुदैन भन्ने निश्चित भइसकेको थिएन ।
एउटा अाकर्षक पुरुषले बसभित्र बस्नुस साथि भनि अंग्रेजीमा भनिरहँदा म त्यो बसमा को को होलान भनि सेकेण्ड भरमै अाफूले छोटो समयमा देखेका र त्यहा हुने सम्भावना रहेका अनेकन अस्पष्ट अनुहारहरू आँखा अघि नचाइरहेको थिएँ । जब बस चढे त्यसबेला भने झसङ्ग भएँ कारण थियो म एउटा छिमेकीको अनुहार हेरेर चित्त बुझाउने प्रयत्न गरिरहेथे त्यहाँ त लगभग आधाजसो नै रहेछन । बसका सम्पूर्ण ३४ सिट भरिएपछि मलाई बसभित्र बस्न आग्रह गर्ने आकर्षक पुरुष स्टियरिङसँगैको सिटमा बसेपछि थाहा भयो ऊ यसै बसको चालक रहेछ । उसले बसका पैयाहरू निर्जिब सडकका छातीहरूमा गुडाएको गति सायद अलि बढी लागेको थियो मेरा अाँखाहरूलाई किनकि केहि रमणिय दृश्यहरू समय अगावै गुम भइरहेका थिए । जति जति रात आफ्नो प्रभुत्व जमाउन खोज्दैथ्यो त्यो परिवेश उति नै सुन्दर बन्दै थियो । जति नै सुन्दर परिवेश रहेपनि मन भित्र कहाँ को सँग कसरि बस्नुपर्ने हो केहिदिन भन्ने अनुत्तरित प्रश्नहरू सलबलाइरहेको थिए । बसलाई रोक्न मसँग पहिलोपटक आत्मियता प्रकट गरे झैं गर्ने उहि चालकको प्रयासमा म दाँयाबाँया नजर दौडाइरहेको थिएँ । एउटा फराबी होटल लेखिएको भित्तो मेरो आँखाको बाटो भएर यताउता गरिरहेको थियो यसबेलासम्म चालकको प्रयासले सार्थकता पाइसकेको थियो । तर मेरो मात्र नभएर प्राय सबैको अनुमान बिपरित एउटा मानिस बसभित्र पस्यो र फराबी होटलमा स्वागत गरे लगत्तै हाम्रोमा ठाँउ नभएकोले अर्को होटलमा तपाईंहरूलाई लैजादैछौ भन्यो र सबैजनाले राहदानी दिनुस भनि अनुरोध पनि गर्यो । म चै किन दिनु राहदानी यहि भनि चुपचाप बसिरहे । उसले आफूसँग जम्मा भएको राहदानी गन्यो त्यसपछि कसले दिनुभाछैन तुरुन्त दिनुस भन्ने उर्दि नै जारि गर्यो । त्यसपछि लुरुक्क परेर दिनुबाहेक म सँग अर्को बिकल्प नै रहेन । म आफ्नै अर्को बेवकुफि प्रति बिचरा सम्म भन्न सकिरहेको थिइन । बाहिरका कुनै दृश्य दोहोरिएका हुन कि होइनन ठम्याउदा ठम्याउदै एकैछिनपछि बाहिरका हरेक दृश्यहरू स्थिर बनिदिए । सायद अब भने हाम्रो केहि दिनको घर अाइपुगेको आभाष भइरहेथ्यो सबैलाई ।
जहाज देखि नै मैले पछ्याइरहेको त्यो छिमेकी देशको मित्र आफ्ना अन्य तीन मित्रहरूसँग एकैछिन बाहिरै रमाउने तरखरमा थियो । म पनि उनिहरुसँग रमाए झै गरिदिएँ । उसले मेरो नाम सोध्यो मैले नाम उच्चारण गर्दा उनिहरूको हाँसो व्यङ्ग्यात्मक लाग्यो मलाई तैपनि एउटा मुल्यहिन हाँसो फिस्स हाँसिदिए । अनि उसैले नाम अलि अफ्ठेरो भएकोले हाँसोका साथ तेरो नाम भबु भयो है हामीहरूसँग चै भन्दै प्रस्ताब गर्यो । मैले केहि नसोचि ठिकै छ मात्र भने ।
त्यसपछि हामि औपचारिक रुपमा त्यो होटलको पाहुना बन्ने प्रक्रियामा लाग्यौं । मेरो योजना विपरित मैले पछ्याएको छिमेकि सँग नभइ मलाई अर्कै कोठा दिइयो । मैले मेरो तर्फबाट गरेको प्रयासको कुनै अर्थ रहेन हरेक मेरो अाग्रहमा होटलको कर्मचारी खालि छैन भन्ने जवाफ मात्र दिन्थ्यो । ठिकै छ हेरौ न त कोठा एकपटक कतिजना पिडित बसिरहेछन, कहाँका रहेछन् भन्ने लागेर कोठाको जानकारी लिएर खुड्किला चढ्न शुरु गरे । उसले दिएको नम्बर अनुसार भुई तल्ला, पहिलो तल्ला हुदै दोस्रो तल्लामा पुग्दा यसो दायाबाया हेर्दा पत्ता लाग्यो कोठा । भित्र छिरेर यसो नियाल्ने प्रयास सँगै एकजा कालो न कालो अजङ्गको मान्छे बेडमा अट्न नसकेका खुट्टाहरू हल्लाउदै मै तिर हेर्दै रहेछ । यसो डराइ डराइ बोल्न खोज्दा उसले गरेको बेवास्तामा उसका राता आँखा झनै राता भए झैं लाग्यो । पछाडी भिरेको झोलाबारे केहि सोच्दै नसोचि फेरि हतारिदै ओर्लिए । कोठाभित्रको एकैछिनमा मैले कोठामा को को होलान भनेर अनुमान लगाउन खोजेको थिएँ यो अनुमान त्यहाँ छरिएका कपडाहरूका आधारमा थिए । त्यो अनुमान मेरो लागि झनै कष्टप्रद थियो ।
अाफुसँग भएको त्यहि एउटा अनुरोध गर्ने बिकल्पको पटक पटकको प्रयोग पनि परिणाम बिहिन बनेपछि निराश बन्दै फर्किए उहि कोठा । यसपटक भने अलि सहजता प्रकट भयो मलाई कारण थियो कोठाको अर्को एउटा साथि जो पहिलो अजङ्गको झैं कालै थियो तर बोलिचाली साह्रै मिठो । उसँगको सामान्य गफगाफमा मैले कोठाका साथिहरू कुन कुन ठाँउका हुन भन्ने जिज्ञासा राखे । उसले पनि सहज ढंगमा जवाफ दियो तर जवाफ उहि म जो नहोस भन्ने चाहन्थे त्यहि आयो । झोलामा रहेको क्यामेरा सुरक्षित राख्नु पर्यो अरु त के नै छ र भन्दै योजना बनाये । सुत्न लागेको हो कि भन्ने मेरो जिज्ञासालाई उसले मलाई अचम्मित तुल्याउने जवाफ दियो । अचम्मित त बने नै तर विश्वस्त बन्न नसकिकन नै क्यामेरा काउन्टरमा जम्मा गरि केहिछिन त्यतै अल्मलिदै फर्किए त्यहि कोठामा । कहिल्यै ताला नलाग्ने ढोकालाई यसो धकेल्दै भित्र पसे । सातवटा नमिलेका ओछ्यान, यौटा कहिले बन्द नहुने टि.भि., यौटा नचल्ने फ्रिज, यौटा टेबल, यौटा कुर्सि, यौटा कपडाको दराज अनि यताउता छरिएका कपडाहरू मात्र थिए यसपल्ट मलाई स्वागत गर्न । के होला भनेर भाकै छैन जे होला अब भन्दै अघिल्लो पटक राम्रोसँग बोलेको साथीले बताए अनुसारको अोछ्यानको नजिकै झोला राखेर ओर्लिए तलतिर ।
भोक लागिरहेकै थियो समय पनि निकै त भइसकेको थियो नै तैपनि सारै ढिलो चलिरहे झै लागिरहेथ्यो । कसैले त्यहि पछि रेस्टुरेन्ट छ भनेर बताएपनि यसै साधारण केक भनि पाउरोटि खाएर चित्त बुझाये । काउन्टरको नजिकै रहेको टि.भि. मा सायद मैले खासै हेर्ने नगरेको कुनै चर्चित लिग चलिरहेको थियो । त्यतै अल्मलिने प्रयासमा थिएँ म अचानक दुई मृदुभाषी मेरो आफ्नै भाषा बोलेको सुन्दा केहि समय कान नै यकिन गर्न सकिरहेको थिएन । तर त्यो वास्तविकता थियो ।
क्रमश: