देश दुख्दा............

नेपालको लागि बन्द यौटा संस्कार बनिसकेको छ । बन्द अब  अपरिहार्य  बनेको झैँ प्रतित  हुन्छ यो निरन्तर बन्दहरुको शृंखला देख्दा । यतिसम्मकी हुदा हुदा बन्दको लागि दिन पनि नपाइने समेत हुन थाल्यो ।  कहिले  पार्टीको बन्द  कहिले जातिको बन्द, कहिले समुदायको बन्द त कहिले धर्म  अनि क्षेत्रको । अझ  अरु बन्द पनि छन्  कहिले बिद्यार्थीको, कहिले मजदुरको, कहिले शिक्षक  अनि कहिले  कर्मचारीको । फेरी अलि सजिलो भएर  पनि होला बिरोधको  स्वरूप  बन्द नै  हुनपुगेको नत्र त  बिरोधका लागि अरु उपायहरु पनि त अवलम्बन  हुनुपर्ने हो नि हैन  र ?  आखिर  जसले गरे पनि  जहाँ गरे पनि बन्दको पहिलो शिकार उही हामी सर्बसाधारण नै  बन्न पुगेका  छौ । यो बन्दको स्वरूप परिवर्तन  हुदै गएर साम्प्रदायिक  मुठभेट  मा परिवर्तित  भैसकेको  आभाष  दिरहेको छन  यी  पछिल्ला बन्दका आयोजना अनि परिणाम हरुले  । मलाई आजभोली यौटा कुरा खुब खट्किरहेको छ  किन  र कसरि हामी यो साम्प्रदायिकताको  भुमरीमा फस्न पुग्यौ भनेर । मुख्य रुपमा यो मानबिय  संसाधनको  उचित  व्यस्थापनको अभावमा तोडमोड भएर यहासम्म  आइपुगेको हो ।

प्राकृतिक  स्रोत साधनको अथाह भण्डार हुदाहुदै पनि  समुचित  उपयोगको अभावमा सिर्जना हुनसक्ने लाखौ रोजगारीको अवसरहरु खेर जानाले पनि विभिन्न  बहानामा  मानिसहरु  यो  आन्दोलन, बिरोध, हड्ताल जस्ता क्रियाकलापमा  संलग्न हुन पुगेका छन् । दोस्रो कुरा अस्वस्थ राजनीतिक  प्रतिस्पर्धा बाट  सिर्जित  दुस्परिणाम हो यो  । बन्दकै  बिषयबस्तुमा आधारित  यो  सुमधुर स्वरका धनि गायक कर्णदासको  गीत  यहाँ   राखेको  छु ।




हामी बेरोजगार छौ त्यसैले सबैभन्दा थोरै पारिश्रमिकमा पनि खाडी मुलुकहरुको जटिल  अनि कस्टकर कामहरु पनि सहज रुपमा स्वीकार गरिरहेका छौ । यसको प्रमुख  कारण  पनि उही देशमा रोजगारको अभाव नै हो  नत्र कसलाई रहर छ र घर परिवार  बिर्सेर तातो हावामा अनगिन्ति गाली सहदै पैसाकै लागि निरिह  बन्न ।  एकातर्फ  वर्तमान  नै  समृद्दिको बाटोमा जाने संकेत  शुन्य छ  त्यसमाथि निरन्तरको बन्द हड्ताल  देशको लागि  कति घातक  छ भन्नेहरु बन्द गर्नको लागि लाठी बोकेर सडकमा बस्नेलाई थाहा नहुन  पनि सक्छ   तर बन्दको प्रेस  बिज्ञप्ति निकाल्ने  अनि भएको अराजक  कार्यमा आफु पन्छिन  भिजिलान्ते हरुको प्रयोगबाट शान्तिपूर्ण  आन्दोलनलाई  खलल  पुर्याउने षड्यन्त्र हो भनेर अरु माथि दोष  थुपार्ने हरुलाई  स्पस्ट छ  । हामी धेरै पटक आन्दोलन कारी  बनिसक्यौ  तर वास्तविक  जनता  अझै भैनसकेको हो कि ?  नत्रत  गलत  गरिरहदा  पनि हामी जनता  आफै किन  केहि गर्न  सक्दैनौ किन  सधैभरि भैसकेका नेताहरुका पछी  मात्र लागिरहन्छौ । किन  हामी  हाम्रा आफ्ना अगुवा हामी माझ  निकाल्न सकिरहेका छैनौ ?

देश मा निकै ठुला ठुला परिवर्तन  भएका  घटना हरु समाचार  बनेर पटक  पटक  विश्व भ्रमणमा निस्किए  तर खै  त्यसको वास्तविक  अनुभूति गर्न  पाएको  जनताले ? देश  बिकाशको कुन  पक्ष  बाट सबल  बन्न पुग्यो  जनताको स्तर  किन  सधै  उस्तै रहिरहेको छ  ? राम्रो संबिधान  जारी गर्न  जनताले  तिरेको करको सदुपयोग  भएको खै के छ  प्रमाण  ? ठिक  छ  देश  संघियतामा जान्छ तर संघियता  साम्प्रदायिकतामा  परिणत  हुन खोज्दै  गर्दाको  निकाश  के त ? किन  पहाडे मधिसे जनजाती  छेत्रि बाहुन  तामांग  शेर्पा जस्ता साधारण  कुराहरु अझै नेताहरुको  लागि राजनीतिको खुला  मैदान  बनिरहेका छन् ? कैयौ  रास्ट्र हरुले न  रुप  न  भाषा  न  संस्कृति न  सोचाई  केहि नमिल्नेलाई  समेत  भकाभक  आफ्नो देशको  बनाइरहेको  छ  ।  हामि  भने कैयौ वर्ष  देखि एकै ठाउँ बसेर पनि विभाजित  हुन  खोज्दैछौ । म  संघियता  बिरोधि पक्कै  हैन  तर  जस जसले यो अन्तिम  अचुक  उपाय हो भनेर भ्रमित  बनिरहेका छन्  उनीहरुले  यसको सफल  संचालन  गर्ने  बारे के सोचेका  छन्  भनि  प्रश्न गर्न  चाहन्छु  ।  नेपालमा  प्रजातन्त्र  आएकै हो किन  त्यहि  प्रजातन्त्र  पुनर्स्थापना  गर्न  अर्को  आन्दोलन  गर्नु पर्यो ? किन  फेरी  त्यहि प्रजातन्त्र  फेरी  आन्दोलनकै  आधार बन्न  पुग्यो ? देश  विकाशको गतिलाई  अघि बढाउदै  जनताको  हक  अधिकारको  सुनिस्चितता  गर्नुपर्ने  प्रजातन्त्र   सधै  उही आन्दोलनको  आधार मात्र  बनेको तितो यथार्थ हामी माझ  छर्लंगै छ  ।  यति हुदाहुदै  पनि हामी आफ्नो क्षमता   लाई  वास्ता  नगरिकन  अघि  बढ्न खोज्यौ  भने  यो संघियताको  गाडी  प्रजातन्त्रको  रिक्सा  भन्दा नराम्रो सग  दुर्घटित  बन्न पुग्छ ।



  

1 Comments

Post a Comment
Previous Post Next Post