आखिझ्याल............?

म अफिसको काम अलिकति थाती राखेरै भएपनि हुइकिए एयरपोर्ट तिर जहाँ मेरो साथी फेरी एकपटक पैसासँग सपना साट्न हामी धेरै नेपालीलाई पैसा, प्रबिधि र सिस्टम  सिकाएको खाडी मुलुकको यौटा देश  प्रस्थान गर्दै थियो । हामीबीच कुरा हुदै थियो समय सगै फेरिएको गाउँको, पैसा सँगै बढेको ब्यक्तिबादी प्रवृतिको अनि दिनानुदिन घट्दै गैरहेको हाम्रो सामुहिक भावना र प्रयासको । विदेश  मात्र यौटा विकल्प भएझै प्रतित हुन्थ्यो उसको अनुभव सुन्दा । मैले निकै समय अगाडी देखि  यहि केहि गर्नुपर्छ भनि दिने गरेको सल्लाह उसले पनि निकै गम्भीर रुपमा लिएको थियो यसैले नै उसले बिदेस बाट  फर्किएर यहि केहि गरिरहेका गाउले दाजु भाइहरुको विचार बुझ्ने प्रयास गरेछ तर उही विदेश पलायनता नै यौटा अन्तिम  विकल्प रहेको निस्कर्ष निकाल्दै लगभग यहि केहि गर्ने भन्ने कुरा बिर्सेर हिडेको रहेछ  । 

मेरो आफ्नो बारेमा समेत केहि कुरा भए । योजना के हो अब  कसो गर्ने हो जिन्दगि भरि नै काठमाडौँ बस्ने हो कि  अथवा छोड्दा कैले सम्म कुन रुपमा छोड्ने यस्तै यस्तै । म निरुत्तरित थिए यी सारा प्रश्नको तैपनि उत्तरहरुको खोजीमा म कुहिरोमा हराएको काग बन्न पुगे । अब जे होला भन्ने साधारण उत्तर दिदै म यो प्रसंगमा खास हराउन चाहिन तर उसले अरु बढी जिज्ञासा राखेपछि मैले केहि बोल्ने पर्ने भयो । मैले दिएको उत्तर बढी दार्शनिक र कम यथार्थपरक थियो कि झैँ लाग्छ तैपनि मैले भने जिन्दगिमा सबै भन्दा ठुलो कुरा आत्म सन्तुस्टी हो त्यसकै लागि अहिले पैसालाई सर्बोपरी ठानेको छैन । पैसाको लागि नजिकै गाउको एकजना दाजुको अनुभव सँग प्रसङ्ग जोड्दै अहिले आत्म सन्तुस्टीको लागि प्रयासरत रहेको कुरा बुझाउन चाहे । म सफल भएकी उसले  अरु बढी यस्ता कुरा सुन्न चाहेन जे भएपनि त्यो कुरा त्यहि टुंगियो ।

 यी सब कुराहरु हामी एयरपोर्टको  प्रतिक्षालयमा गरिरहेको थियौ समय चिप्लिरहेको थियो साथै नजिकै रहेका २ जना प्रहरी हरुसग अनुमति लिदै आफ्नो प्रमाण प्रस्तुत गर्दै मानिसहरु अगी बढिरहेका थिए । ति सब घटनाक्रम नियालिरहेको म अलि बढी चनाखो बनि यौटा घटना हेर्न थाले । आफन्तलाई पुर्याउन हिडेका ३ जना महिला दिदीबहिनीहरुलाई गेटमा रोकेपछि उनीहरु अनेक तरहले भित्र छिर्न प्रयासरत रहे । तर उनीहरुको प्रयास सफल बन्न सकिरहेको थिएन यसै क्रममा उनीहरुको जिद्दी बढ्दै जादा प्रहरीले ट्याक्सीमा जानु थियो नि किन यता बाट आउनुभयो भनेको सुने । त्यो उत्तर सगै अब आवाज बढ्न थाल्यो एक जना महिलाले ट्याक्सी मा जादा तपाइहरुलाई कमिसन मिल्छ कि के हो त्यो हामी यहि दिन्छौ भन्ने उत्तर सगै प्रहरी दाइको पारो निकै तातेछ उनले निकै तपाईहरुको हरेक क्रियाकलाप रेकर्ड भैरहेको छ के भन्नुभाको भर्खरै म कारबाही गर्नसक्छु भन्दै गाली गर्न थाले । केहि अगाडी सम्म आफ्नो अधिकार प्रयोग गरेर बोलिरहेका उनि अन्त्यमा यौटा सब्दले गर्दा निकै अफ्ठ्यारो मा परे । उनको अन्तिम  शब्द थियो कस्तो मुखाले आइमाइहरु । यो शब्द सुन्नेबितिकै  महिला दिदीबहिनीहरुको पालो आएछ  आइमाई भनेर गाली गर्ने, तपाइको आमा को, महिलालाई हेप्न खोज्ने  के हो तपाइको नियत  ? यस्तै यस्तै प्रश्नको निरन्तर प्रहर हुन थालेपछि ति प्रहरी जवान  सामान्य बन्दै अन्त्यमा गल्ति नै गरे भन्न बाध्य भए र अर्कोतिर फर्किएर अरु केहि गरे झैँ गर्न लागे । यसो बाहिर हेर्दा ति तीन  दिदीबहिनीहरु हारो नि तेस्ले भन्दै जितको खुसि मनाइरहनुभयेको थियो । वास्तबमै  अर्काको गल्ति देखाई आफ्ना गल्ति कमजोरीहरु ढाकछोप गर्ने यौटा निकै राम्रो उदाहरण प्रस्तुत भएझै लग्यो मलाई । 

पेशागत अधिकार र लैंगिक अधिकारको यो सानो द्वन्दले मलाई यौटा कुरा याद दिलायो मानिस किन लिने कुरा र अधिकारको कुरा मात्र गर्छा कर्तब्य र अधिकार परिपुरक हैनन् र । अधिकार लिनका लागि हर तरहले लागि पर्ने मान्छे कर्तब्य पुरा गर्न सधै अर्काको आखामा छारो हालिरहेको हुन्छ । 
Post a Comment (0)
Previous Post Next Post