२०६८ लाई चिहाउदा

हामी बि. स. २०६८ लाई बिदा गर्दै नव वर्ष २०६९ लाई स्वागत गर्न गरिरहेका छौ । अकस्मात जन्मिएको २०६९ बिस्तारै हुर्कदै  गैरहेको  छ  ।   हामीलाई  थाहा छ यसको जम्मा आयु मात्र ३६५ दिन हो । यसका आफ्नै  सबल र दुर्बल पक्ष  पक्कै हुदैनन्  तैपनि हाम्रो नजरमा  यो सफल या असफल बन्न पुग्छ । जे होस हामी शुभकामनाका र शुभेक्षाका खात हरुले यसलाई  स्वागत गरिसकेका छौ । यसरी नै शुभकामनाका खात बोकेर भित्रिन्छन हरेक नव वर्षहरु अनि अन्योलतामा रुमल्लिदै पराया बन्न पुग्छन सधैको लागि । 

यो हामीबाट बिदाई भैसकेको बर्षमा कैयन नेपाली दाजुभाई हरु मरुभूमिको तातो हावा खादै श्रम, माया, सद्भाव पैसा सगै साट्न पुग्नुभएको होला अनि त्यसरीनै त्यो भन्दा बढी अलि अलि पैसा जम्मा पारेर यसो रमाइलो गरु भनेर नेपाल  भित्रिने बिदेशी हरु  होलान । यो तथ्यांकलाई राम्ररी केलाउने हो भने हामीबाट छुटिएर जानुहुने भन्दा हमिसग रम्न आउने नै बढी हुन आउलान । फरक यति हो आउनेहरु अरु रमाउन आउछन भने हामी मात्र पैसा कमाउन अनि सपना साट्न जान्छौ । यो त यौटा सानो प्रसङ्ग मात्र हो यस्तै अनेकन घटना परिघटनाले मात्रै १ वर्ष अघि जन्मिएको २०६८ अजंगको भारी २०६९ साललाई खुत्रुक्क पोल्टामा हालेर बिदाई भैसकेको छ । 

२०६८ मा हामीले चाहेका थुप्रै कुराहरु पायौ होला अनि थुप्रै नचाहेका कुराहरु भोग्यौ होला तैपनि यो यौटा समयको मापक न रैछ आफ्नै तालमा निरन्तर चलिरहने हाम्रो चाहना अनि भोगाइले  के नै पो असर पर्दो रहेछ  र ? हामीले हाम्रो चाहनाको प्रधानमन्त्री पायौ, निकै राम्रा राहत योजना पायौ, निकै सपना सजायौ केहि पायौ केहि पाउने  आशामा  रुमल्लिरहयौ । तैपनि न संबिधानको लागि रोकियो २०६८ न देश बिकाशको स्थिति नाजुक छ त्यसको श्रेय मै लिन्छु भन्ने कुरामै  रुमलियो । निरन्तर बढिरह्यो  आफ्नै तालमा  आफ्नै सुरमा । हो हामीले देशकै बदनाम गराउने सुडान काण्डको फैसला पायौ चाहे त्यो अपेक्षित भन्दा केहि फरक नै किन नहोस, बहालवाला मन्त्रीलाई सिधै जेल चलान गर्यौ । सबैभन्दा ठुलो मन्त्रीमंडल बनायौ, भिसा नलाई मन्त्रीलाई विदेश पठायौ, पेट्रोलियम  पदार्थको भाउ पटक पटक बडायौ, सुनको भाउ को त कुरै छाडौ, कैले शान्ति र शम्बिधानको लागि सगरमाथा चडाउन  २ करोड सुम्पियौ कैले प्रधानमन्त्रिले चड्ने गाडीमा मात्र २० लाख खर्चियौ  । यस्तै यस्तै कैले वा वा को काम गर्यौ कैले बितन्डा मचायौ बस २०६८ चलिरह्यो आफ्नै इच्छा अनुसार ।

निभ्ने बेलाको बत्तिको ज्योति भनेझै केहि सान्त्वनाका संकेतहरु छाड्दै २०६८ हामीमाझ बिदा भैसकेको छ  । अब २०६९ मा हेरौ हामी के गर्न सक्छौ किनकि यो पनि उही आफ्नै गतिमा अविचलित बन्दै आफ्नो कर्तब्य निर्बाह गरिरहनेछ । हामी जिम्मेवार बन्यौ भने २०६९ आफैमा नराम्रो हुनै सक्दैन । तसर्थ तपाई हामी यो वर्षलाई सफल बनाउन लागि परौ । 

Post a Comment (0)
Previous Post Next Post