एस्ट्रेको खरानी म अरु जल्न सक्दिन
चिताको खरानी अरु बल्न सक्दिन
उजाड शिशिर म चैत्रको खडेरी
सिमसारको दलदल अरु गल्न सक्दिन
उखुको खोइला म निचोरिएको कागती
निस्प्राण लाश अरु ढल्न सक्दिन
बेचिएकी नारी म विदेशिएको लाहुरे
नेपाली सीमास्तम्भ अरु चल्न सक्दिन
चिताको खरानी अरु बल्न सक्दिन
उजाड शिशिर म चैत्रको खडेरी
सिमसारको दलदल अरु गल्न सक्दिन
उखुको खोइला म निचोरिएको कागती
निस्प्राण लाश अरु ढल्न सक्दिन
बेचिएकी नारी म विदेशिएको लाहुरे
नेपाली सीमास्तम्भ अरु चल्न सक्दिन