समय सन्दर्भ.........


विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक वर्ष  करिब १० लाख मानिसहरु आत्महत्या गरि मर्ने गर्छन ।आत्महत्या बाट मर्नेहरुको संख्या पछिल्लो समयमा खासै नबढे पनि घट्न सकिरहेको छैन  । बिकसित, विकासशील वा अल्पविकसित हरेक राष्ट्रहरुमा यो समस्या ब्याप्त रहेको छ  संसारदेखी दिक्क भएर बाच्नुको अर्थ नरहेपछि आत्महत्या गर्छन मानिसहरु तथापी आत्महत्या गर्ने कारणहरु भने फरक फरक रहन सक्छन । साथै आत्महत्या गर्न अवलम्बन गरेका उपायहरु पनि भिन्न भिन्न रहेका छन् । बिशेसगरि १५ देखि ४४ बर्ष उमेर समुहमा आत्महत्या बढी हुनेगरेको पाइन्छ ।

आत्महत्या गर्ने मानिसहरुको डायरी तथा अन्य टिपोट हरुको आधारबाट साथै आत्महत्याको प्रयासबाट बिफल बनेकाहरुबाट आत्महत्या किन गर्छन मानिसहरु भन्ने बारेमा आकलन गर्न सकिन्छ । गुगलमा आत्महत्या हानी खोजिहेर्दा मैले यस्ता विभिन्न घटनाहरु भेट्न पुगे :

'गरिबी'का कारण दुई सन्तानको हत्यापछि आत्महत्या


 कोरियामा फेरि एक श्रमिकले आत्महत्या गरे :: Nepal ...

महिलाले छोरीसहित आगो लगाएर आत्महत्या ...

असईद्वारा छातीमा गोली हानी आत्महत्या | मुख्य ...

केटाले धोका दिएपछि युवतीद्धारा आत्महत्या

बेलायतमा नेपाली विद्यार्थी सुवाश भण्डारीले ...

गरिबले बढाउँदैछ आत्महत्या - ::Gorkhapata::The Rising ...


वास्तबमै आत्महत्या आफुले आफ्नो ज्यान लिने यौटा मध्यम हो तथापी यस सग जोडिएका अन्य असंख्य कारक तत्वहरु रहेका हुन्छन । नेपाली परिबेशले निम्त्याएका यी आत्महत्याका घटनाहरुलाई हेर्ने हो भने यसमा गरिबी, धोका, असफलता नै प्रमुख कारकको रुपमा देखा परेका छन् ।

किन मा छिरे यो बिषयमा ? 
१ बर्ष अघि म काम गर्दै गरेको संस्थाको दाताको रुपमा आफ्नो सहयोगको प्रतिफल हेर्न सपरिवार आएका नर्वेली नागरिक जोन र अमेरिकन दम्पति सगको सर्लाही यात्रा र त्यसैको केहि करिब ३ महिना पछी जोनको छोराको आत्महत्याको खबर मेरा लागि यो बिषय सग नजिक बन्ने तत्कालको माध्यम बन्यो । जोन सगको सम्पर्क केहि कमि भयो अचानक त्यो आत्महत्याको खबरको ९ महिना पछी मैले जोनलाई सम्पर्क पनि गरे साथै सामाजिक संजाल फेसबुकमा खोज्ने प्रयास गरे किनकि त्यसभन्दा अगी मैले उसलाई फेसबूकमा साथी बनाएको थिइन । जब फेसबूकमा मैले उसलाई भेटाए तब भने म आत्महत्याको बिषयमा अझ बढी नजिकिन पुगे कारण थियो उसको १० महिनाको हरेक इस्टाटसमा आत्महत्या गरेको उही छोरो छरिएको थियो । 
 हुनत मैले पहिलोपटक करिब १० बर्षको हुदा सायद सुनेको हुनुपर्छ यो बिषयबस्तु त्यसभन्दा पछी निकै नजिकैबाट समेत यो म सम्म आइपुगेको थियो । करिब अढाई बर्ष अघि गुमाएको साथी लगायत अरु थुप्रै परिघटनाहरुले समेत मलाई यस बिषयमा आफ्ना कुण्ठाहरू पोख्न घच्घच्याईरहेको थियो । तैपनि म यस बिषय भन्दा टाढा बस्न खोज्दा खोज्दैपनी यो प्रयास नगरी रहन सकिन ।   
अन्त्यमा मैले बिर्सेर पनि बिर्सन नसक्ने पात्रहरु जो यहि कारणले म बाट टाढा हुनुभएको छ वहाहरुको आत्माले चिर शान्ति पाओस भन्दै................... 

निकै भित्र सम्म छिरेर लेख्ने प्रयास आजलाई प्रयासमा मात्र सिमित बनेको छ तैपनि बिषयबस्तु उठान भैसकेकोले म यसमा प्रयासरत रहनेछु यस सग सम्बन्धित यावत कुराहरुको जानकारीको लागि 



Post a Comment (0)
Previous Post Next Post