बेरोजगारी सबभन्दा चरम समस्या बनिरहेको, विदेश पलायन टड्कारो रुपमा देखा परेको, तैपनि देशमा खुलेका रोजगारको सुचनामा सयौ गुणा बढी निबेदन परेको वास्तविकताले देशको वर्तमान स्थितिको नाङ्गो वास्तविकता छर्लंग पारेको छ । आज त्यस्तै यौटा अवसरको लागि आवेदकको रुपमा प्रस्तुत हुने जिबनसाथिको रहर अनि मेरो स्वार्थ अनुसार हामी खाना खाएर निस्कियौ । हाम्रो गन्तब्य थियो सबैभन्दा आकर्षक तर सम्झदै धेरैको सातो जाने लोक सेवा आयोगको कार्यालय । यसै बिचको यौटा सानो तर खै किन किन मेरो मन छुन सफल घटनाक्रम प्रस्तुत गर्न चाहन्छु ।
प्रायजसो मेरो मनमा खट्किरहने नैतिकता, अनुशाशन र देश बिकासको अन्तरसम्बन्धको कुरा त्यति धेरै प्रयोग हुन पाउदैन मेरो आफ्नै लागि पनि किनकि त्यो यौटा दर्शन मात्र बन्न पुग्छ वास्तबिकतामा । तर आज बिहानै देखि अलि बढी प्रायोगिक बनिरहेको थिए म त्यो पनि पत्तो नपाई । पुतलीसडकमा बाटो काट्ने बेलामा बेतालमा हात दिदै हिडिरहेको आफ्नै मान्छेको समेत मनमनै निकै खैरो खन्दै केहि बेर कुरेर सभ्य बन्ने प्रयास अनुरुप नै बाटो काटेथे जुन फर्किदा समेत हुन पुगेथ्यो । लोक सेवा आयोगको गेटैमा अहिले निकै राम्रो व्यवसाय बन्न सफल लोकसेवाको तयारी कक्षाको यौटा सानो पर्चा मेरो हातमा पनि आइपुग्यो । त्यसलाई लिने बखतमै पक्का फाल्न समस्या पर्छ भन्ने सोचिरहेको थिए कारण उही थियो उपयुक्त रुपमा उपलब्ध नगराईएका फोहोर फाल्ने बाकसहरु । म आज यसलाई सहि व्यवस्थापन गर्छु भन्ने दृढ विचार लिएर अघि बढाए आफ्ना पाइलाहरुलाई । दृढ विचार त लिए तर ब्यबहारिक बन्न निकै समस्या परिरहेकै थियो विश्वभाषा क्याम्पस अगाडी आइपुग्दा अर्को यौटा दृश्य बडो अनौठो लग्यो मलाई । आफु सगै हिडिरहेको सहयात्रीलाई क्यामेरा भए त्यो दृश्य कैद गर्ने उत्कट इच्छा समेत प्रकट गरिसकेको थिए । बाटाको कुनामा केहि चिनीजन्य केहि सुर्तीजन्य बस्तुहरुको कानुनी रुपमा अबैध भएपनि वास्तबिकतामा सहज व्यापार भैरहेको थियो । मलाई थाहा छ आज अलि आदर्शले काम गर्दा मात्रै त्यो बोध भएथ्यो मलाई नत्रत कति ठाउमा म आफैले नियम तोडेको छु त्यो त म गणना गर्नै सक्दिन । अनौठो दृश्य के थियो भने एकजना प्रहरी जवान पान पराग र चुरोट किनिरहेका थिए त्यहि सानो पसलमा । मनमनै सम्झे ऐन बन्यो ऐनको लागु पनि भयो तर कसरि भयो कसले गराउन प्रयास गर्यो, त्यसका सकारात्मक नकारात्मक कस्ता कस्ता असरहरु देखा परे यसको जवाफ मलाई लाग्छ कोहि सग पनि छैन । मैले देखेको घटना पनि यौटा सानो टुक्रा हो । मन्त्रि र सभासदहरुले सिंहदरबार भित्रै धुम्रपान गरेको घटना पनि आखिर सार्बजनिक भएकै हुन् खै के हुन्छ र यहाँ ! के भएको छ र यहाँ । यिनै तर्कनाहरुले अनुत्तरित बन्दै अघि बढिरहेको थिए केहि सगैको साथीलाई सुनाउथे केहि आफै सग राख्थे । यतिकैमा हामी दुइ जना अलगीनुपर्ने भयो र सोहि अनुरुप गाडी चढ्यौ । त्यो घटनाक्रमले मेरो हातमा रहेको अघिको पर्चालाई खास अफ्ठ्यारोमा पार्न सकेनछ । त्यसैलेत त्यो अझै मेरो हातमा निस्फिक्री अड्डा जमाई रहेको रहेछ । फेरी उही पुरानो दृढता जुर्मुरियो यसलाई म सहि ठाउँमै फ्याक्छु । गाडीमा चढी सकियो भन्नुको अर्थ अब गाडी बाट नझरी त्यो दृढता पुरा गर्न सकिदैन किनकि हामीसग गाडीमा त्यस्तो व्यवस्था नै छैन ।
जावलाखेल झरेर अगाढी बढे टेलिकमको कार्यालयको अगाडी रहेको छहारी नजिकै एकै ठाउँ दुइ डस्ट बिन रहेछन मेरो दृढता पुरा भयो भनेर यसो खसाल्न खोजेको त त्यो बाकसको पिध हैन सिधै भुइँ पो देखिदो रहेछ भुइँ भन्दा केहि माथि यौटा फलामे डण्डीमा अड्याएर राखेकोले । लौ भयेनत बर्बाद त्यो पर्चा पक्कै निकै खुशी भएको हुनुपर्छ त्यसरी मलाई मुर्ख बनाउन पाउदा । केहि नलागेपछि त्यसलाई ज्याकेटको खल्तीमा राखे । दिनभरी खासै वास्ता नै भएनछ कोठा आएर यसो खल्ती छाम्दा त त्यहि पर्चा पो मेरो गिल्ला गर्दै खल्ती बाट बाहिर निस्कन्छ ।