वास्तविकता लाई नियाल्दा

लौ हेर ख्याल ख्याल मै १० बज्न लागेछ यसो भन्दै हतार हतार गरेर अफिस जान तयार भएर  बाटोमा निस्किदा भाई दीपक पनि गाडी कुरिरहेका रहेछन । किन आउदैन गाडी निकै  बेर भैसक्यो भन्ने उनको प्रतिक्रिया ले मलाई केहि असहज तुल्यायो । केहि  बेरको पर्खाइमा यौटा माइक्रो आयो । त्यसै टना टन मान्छे लिएर आएको माइक्रो ढोकामा हामीलाई राख्ने सम्म स्थितिमा थिएन । तैपनि उही त हो अफिस टाइम आफुलाई नगई नहुने खलासी लाई नकोची चित्त नबुझ्ने । गरुङ्गो झोलाले तानेर बाटामै खसाउने हो कि भन्ने त्रास हुदाहुदै पनि यसो अलिकता डण्डा समाउदै खुट्टा टेके झैँ गर्दा लगभग माइक्रो हिडिसकेको थियो । अलिपर नपुग्दै अरु १ जनालाई पनि राख्दा माइक्रो लचकदार  भएको भए त्यसको आकार बढेर  दोब्बर हुने निश्चित प्राय थियो । खलासी सधैको उसको रटना अलि पछाडी सर्नुस माथि उक्लेर बस्नुस भनिरहेकै थियो । मलाई पनि १ पटक दाई माथि टेक्नुस भन्न भ्याएको थियो तर माथि अरु कोहि भएकोले भाई मिल्दैनत भन्दै उही झुण्डीरहेथे ।

म चढेर करिब ५०० मिटर मात्र गाडी अगाडी बढेको  थियो होला अचानक रोकिन पुग्यो । ड्राइभर सिट बेल्ट खोलेर उत्रिएको देखिरहेकै थिए । उ सिधै आएर खलासीलाई अपसब्द प्रयोग गरेर सिध्याइसक्दा नसक्दा मेरो ब्याग पछाडी बाट तान्दै सानो स्वरमा खै के भन्दैथियो । मलाई तानेर बाटोको छेउमा पुर्यायेपछी मैले केहि भन्न नपाउदै अगाडी आफ्नो सिटमा बसेर गाडी स्टार्ट गरिसकेको थियो । हुनत म केहि भन्न सक्ने स्थितिमा पनि थिइन । एकदमै नराम्रो लागिरहेको थियो । यो घटनाले मलाई एकपटक काठमाडौँ को स्थिति सतही रुपमा भएपनि केलाउन  मन लाग्यो ।

सर्बप्रथम हामीले प्रयोग गर्ने गरेको सवारी साधनहरु भाडाका निजि सवारीसाधन हरु हुन् । यसको प्रभावकारिता घट्दै गएर हो या जनसंख्या बढ्दै गएर हो दिन प्रतिदिन मोटरसाइकलको संख्या बढ्दो छ काठमाडौँ मा १ लाख भन्दा बढी पुगिसकेको होला भन्ने मेरो अनुमान हो । तथापी यात्रु भएर अनेक कस्ट सहदै भाडाको गाडी छाड्ने बाध्यता बोकेका मानिसहरुको जनसंख्या उस्तै छ । जामको समस्या झन् दर्दनाक बनिरहेको छ । बाटाहरु फराकिलो बन्नु यौटा राम्रो पक्ष हुदाहुदै पनि अन्तिम विकल्पको रुपमा  । 

काठमाडौँ को अहिलेको भाडाका सवारी साधनहरु हेर्ने हो भने ठुलाहरु बिस्थापित हुदै गएको र सानाहरु अत्यधिक रुपमा बढ्दै गरेको स्थिति छ । उभिन राम्रोसग नमिल्ने जम्मा २ जनाको सिटमा ३ जना जसरि भएपनि बस्नैपर्ने जस्ता समस्याले समस्त यात्रुहरु प्रताडित छन् ।  त्यसमाथि जानै पर्ने बाध्यताले साधारण दुर्ब्यबहार को त खास वास्ता नै हुदैन । यसका पछाडी केहि करान्हारू अवश्य पनि रहेका छन् । १० बर्षमा ८०% जनसंख्या बढ्नु, सवारीसाधन हरु जनसंख्याको अनुपातमा बढ्न नसक्नु, निजि सवारी साधन हरुको प्रयोगले प्राथमिकता पाउनु आदि । 

जे होस् समग्रमा भन्नुपर्दा काठमाडौँ प्रवेश गरिसकेपछि बाहिर निस्कन नखोज्ने मेरो जस्तै सबैको मानसिकता, अव्यवस्थित सहरीकरण, नैतिकता र अनुशासनको अपहेलना आदिले हामी सर्बसाधारण सदैब सताईएका छौ । अनि अर्को पाटो बाट हेर्ने हो भने हामी आफै पनि आफ्नो कर्तब्य बाट भागिरहेका छौ जुन हरेक समस्याको कारक बन्दै गैरहेको छ ।


Post a Comment (0)
Previous Post Next Post