अर्को यौटा नव वर्ष

सीद्दियो अर्को यौटा वर्ष 
बग्रेल्ती छरीएका आवश्यकता हरु सगै 
थपियो अलिकता  बुढ्यौली 
जीवन दुख र  सुख को संगम हो रे 
तर खै  हरेक नव वर्षहरु सगै झुल्कने नया बिहानी 
किन दुखका खात माथि दुखै थोपर्दैछ 
यसैलेत  भन्न  मन लाग्छ  
जिन्दगी मिसाइल हो दुखको 
असन्तुस्टी बाट सिर्जित ज्वाला हो आक्रोशको 
 हाम्रा फगत इच्छा र आकांक्षाहरु  
छाती हुन् चौडा सडकका 
जसमा बेफिक्री दौडीरहे छन् पांग्राहरु
तैपनि मनाउनु छ नया वर्ष 
अलिकति आशाको ज्योति बालेर 
भन्दैछु शुभ नव वर्ष 
हरेक आत्मियहरुको खुशी कल्पेर 
                                         फणिन्द्र दाहाल 
                                         ३१ डिसेम्बर २०१०

Post a Comment (0)
Previous Post Next Post