![]() |
| इन्टरनेटबाट लिइएको तस्बिर |
"कचनकवलमा एउटै रूखमा तीन बालिका झुण्डिएको अवस्थामा मृत भेटिए"; " चितवनमा वैदेशिक रोजगारीबाट भर्खरै फर्किएका श्रिमानले श्रीमतीको हत्या गरि तीन तला माथीबाट हाम्फाले"; "काभ्रेस्थलीमा ९ पेजको सुइसाइड नोट लेखेर श्रीमती छोराछोरीको हत्या गर्ने श्रिमान लामो समय वैदौशिक रोजगारीमा रहि फर्किएका थिए" । यी पछिल्ला केही दिन भित्रका दर्दनाक घटनाक्रमहरू हुन । यीनका पछाडी अन्य जे जे कारण भएपनि प्रमुख कारण मानसिक स्वास्थ्य नै जोडिन पुग्छ । शंका, त्रास, रिस, अनिन्द्रा, अरूचिसँगै अपराध र आत्महत्या जोडिन पुग्छ । शुरूवाती चरणमै आफ्नो वा आफन्तको समस्या पहिचान हुनसके उचित परामर्शका माध्यमबाट यसको न्यूनिकरण गर्दै निराकारण गर्न सकिन्छ । नेपालमा यस्ता समस्याहरू बाँड्दा थप सामाजिक अपमान सहनुपर्ने सम्भावना भएकै कारणले दिनानुदिन यस्ता घटनाहरू बढ्दै गइरहेका छन । आत्महत्या मात्रै हैन अन्य आपराधिक गतिविधी, दुर्व्यसनमा समेत मानसिक स्वास्थ्यको प्रमुख भुमिका रहेको छ । कोहि दुर्व्यसनीमा फस्दैछ भने त्यसको जिम्मेवार कुनै न कुनै रूपमा परिवार र समुदाय पनि हुन्छ नै ।
नेपालमा मानसिक स्वास्थ्यलाई लक्षित गरेर यदि कोहि व्यक्तिले आफ्ना मनमा उकुस मुकुस भएका समस्याहरूलाई बाँड्ने गरिको आफन्त वा साथी फेला नपरेको अवस्थामा जसरी हामी मन देख्दैनौं त्यसरि नै मनकै रूपमा साथ दिने गरि विभिन्न सम्पर्क नम्बरहरू सञ्चालनमा आएका छन । हरेकको मन दुख्छ, स्वभाविक हो तर निरन्तर निकै दिन दुखिरह्यो भने; शंका, रिस, अनिद्रा, भयमा परिणत हुन थाल्यो भने सम्झनुहोस तपाईंलाई मनको कुरा सुनिदिने अर्को मनको खाचो छ ।
आज घरमा बत्ति नभएको अवस्थामा ल्यापटपको ब्याट्रि समेत सकिएको अवस्थामा मैले हाम्रो भावना सुन्ने मनको काम गर्छौं भन्ने थुप्रै नम्बरहरूमा सम्पर्क गरेँ । सम्पर्क नभएका नम्बरहरूको कुरा नगरौं । सम्पर्क भएका नम्बरहरू र सेवा प्रदान भइरहेका नम्बरहरू यहाँ राखेको छु। धेरै भन्दा धेरैसम्म पुर्याउन पहल गरौं । के थाहा तपाईंको यो सानो प्रयास कसैको ज्यान जोगाउने ठूलो माध्यम नै बन्छ कि ?
आउनुहोस मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गरौं, शरिरमा स-साना चोट लाग्दै गर्दा उपचार गरिहाल्न आत्तिने हामी, त्यहि आत्तिने मनलाई समस्या पर्दा लुकाएर राख्ने त ! यसो त भएन नि है ।
हुन्छ अब भने नम्बरहरू शेयर गरेँ:
आत्महत्या रोकथामका लागि चौबिसै घण्टा खुला: ११६६ (नेपाल सरकारसँगको सहकार्यमा संचालित)
तलका नम्बरमा पनि कुरा राख्न चैं सकिन्छ है;
कोसिस नेपाल: १६६००१२२३२२, ९८०१५७१०३२
सि एम सि नेपाल: १६६०८३५२०१५
टिपिओ नेपाल: १६६००१०२००५
