देशमा चुनाबी माहोल
बारे धेरथोर बिश्लेषण शुरू भइसकेको छ । चुनाबी सरकारको गठनको लागी दलिय शक्तिहरू
राजनिती र प्रशासनको सीमारेखा बिर्सेर अघि बढेको प्रसंगले जुन हदसम्म चुनाबी माहोल
सिर्जना गरेको छ त्योभन्दा अझबढी राजनैतिक दलहरूको अपरिपक्व, अस्पष्ट अनि अन्योलपूर्ण
निर्णयहरूको परिणाम लम्बिदै गएको अनुभुत गराएको छ । प्रचण्डले अबको संबिधानसभाको
चुनाब मधेशबाट र गगन थापाले प्रचण्ड वा बाबुरामसँग लड्ने उद्घोष गरिरहदा नेपालका
लागि फेरि अर्को संबिधानसभाको चुनाब मुटुको रोगीलाई दमको औषधि पो बन्ने हो कि ?
तथापि बिकल्पहरूको खडेरि परेको बेला साना लडाईंहरूको समाप्तिसँगै अर्को बिशाल
लडाईंको सामना बाहेक हामी के नै पो गर्नसक्छौं र ? म अहिले एउटा सानो पुरानो
प्रसंग कोट्यउन लागिरहेछु जुन असफल संबिधानसभाको चुनाबभन्दा केहि अघिको हो ।
अझैसम्म पनि साँस्कृतिक
राजनितीका पछौटे हामि राजनिती आदर्श र दर्शनका आधारमा राजनिती गर्ने सायदै
पाइएलान् । म आफुपनि उहि साँस्कृतिक राजनितीको जगबाट अलिअलि माथि लाग्दैगर्दा
संबिधानसभाको चुनाब एउटा ठूलो मिथ बनेर आइरहेको थियो ।
अध्ययनको शिलशिलामा
म पुरानो नेपाल छिर्नुभन्दा केहि अघिदेखि नै चर्चा परिचर्चा चलेपनि संबिधानले
मुर्तता केहि पछि मात्र पाएको थियो । अध्ययनसँगै जीवननिर्वाहको लागी अलिकति फरक
क्षेत्रको संलग्नताले प्राय: तल्लादेखि केहि उपल्लोस्तरका ब्यक्तित्वहरूसँगको
राजनैतिक विश्लेषणको अवसर जुरिरहन्थ्यो । यसैक्रममा एकदिन एकजना ब्यक्तित्वसँगको
गफमा मैले नेपालको दुरावस्था तथा संबिधानसभा चुनाबको र ६०१ सभासदको खर्च बिचको
तादाम्यता बारे जिग्यासा राखे । वहाँको सहज जवाफ थियो जसरि धेरै दुध खानको लागि
धेरै लगानी गरेर उन्नत जातको गाई किन्नुपर्छ त्यसरि नै आर्थिक, सामाजिक, राजनैतिक
जस्ता सम्पुर्ण दुरावस्थाको समाधानको लागि यो आवश्यक छ । म आफूपनि त्यसबखत आफ्नो
कोर्षमा पढ्नुपर्ने Big Push Theory सम्झन बाध्य भएँ वहाँको जवाफबाट । त्यसपछि अन्य सामान्य
गफगाफ सँगै त्यहि टुङ्गियो त्यो प्रसंग ।
जब संबिधानभाको
पहिलो प्रस्ताबित २ वर्षको कार्यकाल सकियो त्यसपछि भने म आफै भुटभुटिन थाले
वास्तबमा धेरै लगानी मात्रै समस्याको समाधान त होइनरहेछ भन्ने कुरामा । तथापि मेरो
भुटभुटाइ आत्मसन्तुष्टि वा यस्तै अरू केहिका लागी मात्र थियो । म धेरै दुध खान
राम्रो गाइ किन्नुपर्छ भन्ने व्यत्तित्वसँग त्यहि प्रश्न गर्न चाहन्थे । वहाँ र म
बिचको दुरी, वास्तविक सम्पर्क माध्यमको अभाव तथा यस्ता झिनामसिना कुरामा को टाउको
दुखाउला र भन्दै त्यतिकै भइरहेथ्यो । तैपनि एकपटक प्रश्न गर्ने मेरो उत्कट चाहना न
त मर्न सकेको थियो न त पूर्ण जीवीत बन्न नै । थोरै समयमै संसारका असंख्य
मानिसहरूको अभिन्न अंग झै बनिसकेको Facebook
वहाँ र मेरो सम्पर्कको माध्यम बन्नुले म वहाँको
उत्तरको कल्पना गर्न थालिसकेको थिएँ । विविध
कारणवश निकै लामो समयसम्म पनि हामी आफ्नो साथीको सुचिमा अर्को एक थपिएकैमा
रमिरहेका थियौं । संविधानसभा भंग भइसकेपछी मात्र साइत जुर्यो हाम्रो गफगाफको ।
साधारण औपचारिकताको अन्त्य सगै मेरो कौतुहलताले प्रवेश पाइहाल्यो । मैले त्यहि
क्षण ब्युताउन चाहे आश्चर्यको कुरा वहाँले पनि त्यो क्षण सहजै ब्युतिएको आभाष
दिलाउनुभयो । फेरि वहाँको सहज जवाफ आयो "हामिले लगानि त गर्यौ तर वास्तविक उन्नत
छान्नै सकेनौ । हाम्रो गाइ ठिम्मर पर्यो त्यो पनि घाँस दाना बढी खाने अनि दुध
दुहुन जाँदा चैं सधैं लाति मात्र हान्ने । जस्तोकि बुद्धीमान तर कुरुप बाबु र
सुन्दरी तर बुद्धु आमाबाट जन्मिएको रुपमा बाबुको अनि बुद्धीमा आमाको गुण रहेको
बालक झैं । फेरी त्यो जवाफ अनि बिश्लेषण सान्दर्भिक नै लाग्यो ।
हामी २१औ शताब्दीको
सुचना प्रविधिको युगमा छौं । प्रजातन्त्र जनताका लागि जनताबाट गरिने जनताको शाषन
हो भनेपनि हामी नेपालीले त्यसको रसास्वादन गर्ने मौका पायेका छैनौ । पाकिस्तानमा
धेरै वर्ष पछि एकै सरकारले आफ्नो कार्यकाल पुरा गरेको समाचार सुनिरहदा हामी अझै
कल्पना मात्र गर्न बाध्य छौ । आखिर हामी चुनाबी जालमा फसिसकेका छौ भने यो सुचना
प्रविधिको भरपुर प्रयोग गर्दै जुनसुकै बाद भएपनि ठिम्मर नरोजेर कुनै एउटालाई उन्नत
पो बनाउने हो कि ? बिचार गर्नेबेला भयेको छ ।
फणिन्द्र दाहाल
कीर्तिपुर