सपना र यथार्थ

केहि दिन अघि यौटा कल आयो मेरो मोबाइलमा उठाए एकदमै अस्पस्ट आवाजमा कसैले मेरो नाम लिएर नै सर सग भेटेर गफ गर्नुछ भनेपछि मैले मलाई कल गर्ने मान्छे चिन्न प्रयत्न गरे र थाहा पाए मेरो इटहरीमा हुनुहुने साथी कुमार थापाको साथी हुनुहुदोरहेछ  ठिक छ भेटौनत भन्ने मेरो उत्तरमा कैले भेटौ सर भन्ने अर्को प्रश्न पाएथे मैले म  अफिस जानुपर्ने मान्छे भएकोले मैले मेरो लागि शनिबार मात्र उपयुक्त हुन्छ भन्ने उत्तरमा हुन्छ  म पछी कल गरेर कन्फर्म गर्छु भने पछी हाम्रो त्यो दिनको सम्बाद टुंगियेथ्यो 

कुमार को साथी भनेपछि कोहि विदेश जाने मान्छे हुनुपर्छ अनि वहाले भर्खरै शुरु गरेको होटेलको विज्ञापनको लागि मेरो नाम मा कार्ड आएको हुनुपर्छ अनि कुमार जी ले साथीलाई अरु केहि खबर पनि पठाउनु भएको हुनुपर्छ भन्ने सम्झिदै म यो प्रसङ्ग बाट अलगिन पुगे र उही आफ्नो  दैनिकी तिर  लागे 

शुक्रबार फेरी मेरो मोबाइल को शरीर कसैको  रहर ले थरर कम्पन हुन पुग्यो  को हो यो भन्ने लाग्दै मोबाइल लाई धेरै बेर डराउन नदिकन हेलो भने उही पुरानो आवाज कहाँ भेटौ सर भन्दै मलाई पुनश्च एकपटक स्थान चयनको लागि जिम्मेवारी दिन पुग्यो  मैले मेरो बसाई कीर्तिपुर भएकोले मलाई पुरानो बसपार्क तिर उपयुक्त हुन्छ भन्ने जवाफ दिदै जिम्मेवारी बहन गर्ने प्रयास गरे तर त्यो आवाज यसो गरौ सर कोटेश्वर तिर भेटौ न कसो होला भन्दै प्रतिप्रश्न गर्न पुग्यो  हैन सर मलाई टाढा हुन्छ नि भन्ने मेरो उत्तरमा  यौटा हेल्थ सम्बन्धि तालिम छ भन्दा म अब अलमलमा परे किनकि मैले चिनेको मान्छे कुमारको साथी मैले सोचेको भन्दा फरक रहेछ भन्ने लाग्यो  बल्ल बल्ल आउने शनिबार अनि त्यो दिन पनि हिड्नुपर्ने त्यो पनि एक्लै भन्ने सम्झदै मा अनुत्तरित भैरहेको अवस्थामा हुन्न र सर भन्ने अर्को प्रश्नको जवाफ मैले खस पर्वाह नै नगरी  हुन्छ भन्दिए र त्यो आवाज सग पुन सम्पर्कित हुन सहजताको लागि नम्बर पनि लिए र भेट्ने स्थानको जानकारी पनि 

अब मनमा अनेक तर्कना हरु उब्जन लागे काठमाडौँको नम्बर भएको स्वास्थ्य सम्बन्धि तालिममा निम्ता  दिन  सक्ने  मान्छे भनेपछि म पनि अलि आशाबादी बन्दै भेट गर्न लालायित भए काठमाडौँ को कस्टकर बसाई परिवर्तन खोजिरहेको दिनचर्या अनि नया अवसर हरुको खोजि कार्य चलिरहेको बेला यौटा माध्यम बन्न सक्छ कि यो भेट भन्ने आशा जाग्यो मनमा 


शनिबार को दिन भएकोले हामी दुवै निस्कियौ र लाग्यौ निम्ता स्थल तिर नजिकै पुगेपनि वास्तविक स्थान थाहा नभएकोले केहि बेरको प्रयासमा पत्ता लगाउन सफल भइयो  अस्पस्ट खबर अपरिचित व्यक्ति अनि अनौठो जमघटले गर्दा अलि असहज महसुस गर्दै निम्ता दिने व्यक्तिको स्वागत र परिचयबाट सहज बनाउन खोजे मैले त्यो घडीलाई  बिस्तारै मान्छेहरु थपिदै गए कार्यक्रम शुरु हुनुभन्दा केहि अघि नै केहि मान्छेहरुको हातमा देखिएका साना किताब हरुले म फसिसकेको कुरा मनमनै गुनिरहेको थिए 


कार्यक्रम शुरु भएपछी मेरो अघिको शंका पूर्ण रुपमा यथार्थमा परिणत भयो अर्थात् नया समान नया सपना अनि नया योजना हरु पस्कदै उपस्थितहरुलाई एकै चोटी उनीहरु स्वस्थ, समृद्द र सफल बनाउन खोक्रा भासणहरु यसै बीच केहि भिडियो केहि दर्शन अनि एक सफल व्यक्तित्वको गफ सगै कार्यक्रम सफल बनाउदै अन्त्य भयो  कार्यक्रम अवधि भरमा न मैले एक ताली बजाए न एक पटक हो भने एक निस्क्रिय सहभागी भएर बिताए त्यो २ घण्टा 


अन्त्यमा मेरो प्रतिक्रिया मागियो म   केहि अनौठा र अनपेक्षित कुराहरु सगै पहिले अध्ययन गर्ने त्यसपछि मात्रै सोच्ने राय ब्यक्त गर्दै म बाहिरिए 


आजको कान्तिपुरमा हर्बोमा हार्नेहरु  हरु शिर्षक रहेको समाचार हेर्दा ति सपना बाडिरहेका र सपना बुनिरहेका हरुको अनुहार एकपल्ट मेरा अगाडी सल्बलाई रहे 
Post a Comment (0)
Previous Post Next Post